International Asexuality Day (IAD)

धेरै दोहोरिने प्रश्नहरु

अप्रिल ६ नै किन?

यो मिति अन्तराष्ट्रिय समितिद्वारा अन्य महत्त्वपूर्ण मितिसँग नजुधोस् भनेर छानिएको हो जसले गर्दा सबैको सहभागीता होस् र अरु कसैको दिवसको महत्त्वलाई यस दिवसले ओझेलमा नपारिदियोस्। तर कुनै पनि मिति सबैका लागि उत्तम नै नहोला र यदि तपाईंको लागि यो मिति सहज नभए हामी क्षमा प्रार्थी छौँ। पहिलो वर्ष पछी यस विषयमा हामी यसलाई दोहोराएर हेर्नेछौँ।

अप्रिल ६ कुनै वर्ष अटिजम सचेतेना हप्ताको बेलामा पनि पर्ने गर्छ। पहिलो पटक सन् २०२४ मा यस्तो हुने देखिन्छ। अटिजम भएका व्यक्तिहरुको, विशेषगरी अयौनिक र अटिजम भएका साथीहरुको सल्लाह र सुझाबलाई हामी सदैव स्वागत गर्नेछौँ र यो मिति अनुकुल नभएमा अरु कुनै मिति तोक्नको लागि पनि हामी तयार छौँ।

यस कार्यक्रमको आयोजना कसले गर्छ?

यो कार्यक्रम एउटा विशेष संस्थाले मात्र आयोजना गर्ने नभएर विभिन्न अन्तराष्ट्रिय अयौनिक समुहहरुको संयोजनमा गरिनेछ र हरेक राष्ट्रका स्थानिय संस्थाहरुले आफ्नो राष्ट्रमा हुने कार्यक्रमको जिम्मा लिनेछन्।

हामीलाई अयौनिकता दिवस किन चाहिन्छ?

यो दिवस अयौनिकता सँग जडित अन्य कार्यक्रम जस्तै अयौनिकता हप्ता (अक्टोबर महिनाको अन्तिम हप्ता) को पुरकको रूपमा बनाइएको हो। यस दिवसले मुख्यत: अन्तराष्ट्रिय समाजलाई र त्यसमा पनि विशेषगरी गैर-अङ्ग्रेजी भाषिक र गैर-पश्चिमी मुलुकलाई जोड दिइनेछ। ।

यस दिवसले अक्टोबरमा अयौनिकताको वकालत गर्न असहज हुने राष्ट्रहरुमा सालको सुरुमा नै अयौनिकतालाई यौनिक पहिचानको रूपमा चिनाउन पनि मद्धत गर्नेछ।

मेरो संस्था कसरी सहभागी हुन सक्छ?

यदि तपाईं अयौनिक संस्थाबाट हुनुहुन्छ जुन अयौनिकता दिवसमा संलग्न भइसकेको छैन, हामी तपाईंको कुरा सुन्न तत्पर छौँ। । विशेषगरी प्रतिनिधित्त्व नपाएका राष्ट्रसँग काम गर्न हामी निकै उत्सुक छौँ। यो दिवस एकतावद्धता र एक अर्काको आवज बलियो बनाउने बारे भएकोले सानै समुहलाई पनि हामी सँग जोडीन हार्दिक स्वागत छ।

मेरो राष्ट्रमा यस्ता कुनै संस्था वा समुह छैनन्, के म त्यही पनि सहभागी हुन सक्छु?

पक्कै पनि सक्नुहुनेछ। अन्य राष्ट्रहरुका संस्थाहरूको कार्यक्रम अन्लाइन हेर्नुहोस्। अयौनिक समुदायमा के भइरहेको छ भन्ने कुरा फैलाउनलाई तपाईंले सेयर गर्न सक्ने पोस्ट्हरु सेयर गर्नुहोस्। यस दिवसलाई अयौनिकताको बारेमा वकालत गर्न, यस पहिचानको उत्सव मनाउन, यस बारे सचेत गराउन र अयौनिक व्यक्तिहरुमाझ एकताबद्धता देखाउन तपाईंले गर्न सक्नुहुने कुरा आफ्नै तरिकामा गर्नुहोस्।