International Asexuality Day (IAD)

अन्तर्राष्ट्रिय अयौनिकता दिवस अप्रिल ६ तारिखमा मनाइनेछ। यस दिवस विश्वभरी नै संयोजित रूपमा अर्धयौनिक, खर्यौनिक लगायत अयौनिकता छाता भित्र पर्ने अन्य सबै पहिचानहरुलाई बढावा दिने अभियान हो।

अन्तर्राष्ट्रिय अयौनिकता दिवसका चार विषयवस्तु यस प्रकारका रहेका छन्:

  • वकालत
  • उत्सव
  • शिक्षा
  • एकताबद्धता

यो बिषयवस्तुहरूले अन्तराष्ट्रिय अन्यौनिक समुदाय र संस्थाको कामलाई मान्यता दिने, विशेषगरी गैर-अङ्ग्रेजी भाषिक र गैर-पश्चिमी मुलुकका संस्थाहरूको लक्ष्यहरुलाई प्रकाश पार्न मद्दत गर्नेछ। ।

हामी गैर-अङ्ग्रेजी भाषिक र गैर-पश्चिमी राष्ट्रका मात्र नभएर अयौनिक पहिचान भएका विश्वको कुनै पनि भौगोलिक क्षेत्रका व्यक्तिहरुलाई अयौनिकता दिवसमा भाग लिन प्रोत्साहित गर्दछौँ। संसारभरी विभिन्न संस्थाहरुले कार्यक्रम गर्दै, अभियान सुरु गर्दै पनि यस उद्देश्यलाई समर्थन गरिरहेका भएपनि सामाजिक संजालमा पोस्ट गर्ने जस्तो सानो पाइला चालेर पनि तपाईंहरु आफ्नो सहभागिता जनाउन सक्नुहुन्छ । आफ्नो स्थानिय संस्था र अयौनिकता दिवसको अवसरमा तिनले गर्न लागेका कार्यक्रमबारे थाहा पाउनको लागि हाम्रो स्थानिय अधिवक्ता खोज्नुहोस् पेज हेर्नुहोला।

अयौनिक छातामा पर्ने अन्य यौनिक पहिचान बारे थप जानकारीका लागि यस पेजमा जानुहोला: विकिपिडिया